पार्टीभित्र बृहद एकता कायम गर्ने अभियानकै रुपमा राष्ट्रिय भेला आयोजना गरिने

विर्तामोड २४ साउन । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र बृहद एकता कायम गर्ने अभियानकै रुपमा राष्ट्रिय भेला आयोजना गरिने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले भेलामा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय राजनीति, कुटनीतिक सम्बन्ध, पार्टीभित्रको अन्योल, स्थानीय तह निर्वाचन लगायतका विषयमा नीतिगत छलफल हुने बताउनुभयो…