शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीको पश्चिम तटमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा आगामी वैशाख ११ देखि १८ गतेसम्म (सन् २०२६ अप्रिल २४ देखि मे १ सम्म) श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सव आयोजना हुने भएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै महोत्सवको उद्घाटन कोशी प्रदेश प्रमुख हिक्मत कार्कीको प्रमुख आतिथ्यमा हुने जनाएको छ। उद्घाटन समारोहमा…