पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् । किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो । प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न…