बिर्तामोड । झापामा आइतवार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । अन्तिम परिणाम सार्वजनिक गरिसकेका क्याम्पसहरुमा अनेरास्ववियु अगाडि देखिएको छ । हालसम्म अनेरास्ववियुले जिल्लाका पाँच वटा क्याम्पसमा जित निकाली सकेको छ भने नेविसंघले चार वटा क्याम्पसमा विजयी हासिल गरिसकेको छ । गौरादह कृषि क्याम्पस र गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ…