काठमाडौं । राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङ अन्य नेताहरु सहित भोट माग्दै नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुग्नुभएको हो । राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ । एमाले नेताहरुले आजै १…