एमालेले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार…