अधिवक्ता डा. पोखरेल महान्यायाधिवक्तामा सिफारिस

काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस भएका छन् । नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । अधिवक्ता डा. पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका…