काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहको सरकारमा एमाले पुनर्स्थापित हुने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले सो भनाइ सार्वजनिक गरेका हुन् । संवैधानिक संस्थाहरूलाई…