काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधबार नभए बिहीबार परराष्ट्रमन्त्री नियुक्त हुने भएको छ । संयुक्त राष्ट्रसंघीय महासभाको साइड लाइन मिटिङका लागि…