को हुन्, अनेरास्ववियुको अनुसन्धान आयोगको अध्यक्षमा उम्मेदवारी दिएका प्रकाश विष्ट ?

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कीर्तिपुरमा जारी २४ औं महाधिवेशनमा प्रकाश विष्टले नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । हाल अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य रहेका विष्टले संगठनमा थिंकट्यांकका रूपमा रहेको नीति अध्ययन तथा अनुसन्धानको संयोजकको जिम्मेवारी पनि निर्वाह गरिरहेका छन् । झापा कचनकवलका विष्टले त्रिभुवन विश्वविद्यालयबाट…