काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू ग्यालेक्सी टिभीमा हुँदा सहकारीको पैसा दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् । आफू टिभीमा आबद्ध हुँदा कुनै पनि बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय नगरेको उनले प्रस्ट्याए । आज आयोजित पत्रकार सम्मेलनमा रविले आफू कार्यरत छँदा बोर्डले गरेका सबै निर्णयहरूको प्रतिलिपि बोकेर आएका थिए । उनले…