बिर्तामोड । झापा प्रहरीले आज अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान ११ बजे मेचीनगर नगरपालिका– १३ चारआली चोकबाट सुपारीसहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८९६७ नम्बरको पिकअप गाडीलाई…