तरकारी तथा फलफूलको विषादी जाँच गर्न उपभोक्ता जागरण अभियानको माग

बिर्तामोड । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण नभई बजारमा विक्री वितरण हुने गरेको भन्दै आपत्ति जनाएको छ । अभियानका झापा अध्यक्ष मोहन काजी र सचिव विशाल थापाले जारी गर्नु भएको विज्ञप्तिमा विषादी नजाँची बजारमा तरकारी तथा फलफूल विक्री हुँदा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको समेत उल्लेख गरिएको छ ।…