कनकाई । रोटरी क्लवअफ सुरुङ्गाले संचालनमा ल्याएको विभूति इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को कार्यालय उद्घाटन गरिएको छ । विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका यस क्षेत्रका सामाजिक व्यक्तित्वहरु रहेको रोटरी क्लव मार्फत संचालनमा आएको कम्पनीले कनकाई–३, सुरुङ्गास्थित कुमुदिनी कम्प्लेक्समा कार्यालय स्थापना गरेको हो । दुई वर्ष अघि मात्र स्थापना भएको यो कम्पनीका शेयर सदस्यहरु सबै रोटरी क्लवअफ सुरुङगाका पदाधिकारी…