बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं मुस्लिम नेता अब्दुल सतारले जनगणनामा मुस्लिम धर्मावलम्बीको जनसंख्या घटाइएको दावी गर्दै यसलाई सच्याउन नेपाल सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिवेशनलाई विर्तामोडमा सम्बोधन गर्दै नेता सतारले पछिल्लो जनगणनामा देखाइएजस्तो मुस्लिम धर्मावलम्बीको संख्या ४ प्रतिशतमा सिमित नरहेको र मुस्लिमहरुको संख्या…