सुरुङ्गा निवासी बालकृष्ण मैनाली झापा आन्दोलनको एक विशिष्ट वामपन्थी नेता हुन् । २००१ साल जेठ १८ गते जन्मेका मैनाली सानै उमेरदेखि कर्मशील, कर्तव्यपरायण र लगनशील थिए । बर्मा, भारत र नेपालका तेह्रथुम आठराई तथा झापाका सुरुङ्गा, लखनपुर गुहावारीमा आफ्ना जीवनका सुनौला वर्ष व्यतीत गरेका मैनालीसँग भारतीय सेनामा ५ वर्ष सेवा गरेको अनुभव छ । पिता…