विप्लपको कुकर बममा बालुवा भेटियो, भर्खरै दुधेमा पनि शंकास्पदवस्तु फेला

बिर्तामोड । झापाको दुधेस्थित झरना पुलमा शंकास्पद वस्तु फेला परेको छ । भर्खरै प्राप्त जाकारी अनुसार झरना पुलमा राखिएको वस्तु बम हुन सक्ने शंका गरिएको छ । त्यहाँ सुरक्षाकर्मी परिचाल भइसकेका छन् ।
दिउँसो दुई स्थानमा शंकास्पद वस्तु फेला परेको थियो । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१ को गणेश मन्दिर नजिकै कल्भर्टमा र दमक – ८ रतुवा खोलाको पुलको मुखैमा शंकास्पद वस्तु भेटिएको थियो । रतुवा पुलमा भेटिएको वस्तु बम नभएको सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
विप्लप समुहले राखेको कुकरमा बालुवा भरेको अवस्थामा भेटिएको छ । डिस्पोज गर्नका लागि चारआली र केरखाबाट नेपाली सेनाको टोली त्यहाँ पुगेका थिए । अहिलेसम्म गौरादहको शंकास्पद् वस्तु डिस्पोज गरिएको छैन ।
देशभर प्रतिवन्धित नेकपा विप्लप समुहले नागरिकलाई त्रसित बनाएर प्रभाव जमाउने रणनीति बनाएको नेताहरुले चर्चा शुरु गरेका छन् ।
उनीहरुको आव्हानमा आज बन्द भएको छ ।