Banner news

समाचार प्रभाव : आयो कनकाई घाटमा पानी

समाचार प्रभाव : आयो कनकाई घाटमा पानी


सुरुङा । कनकाई आर्यघाटमा चार दिनदेखि पानीको अभाव भएको पानी आएको छ । पानीको अभाव हुँदा शव पखाल्न समस्या भएको भइरहेको थियो ।

पानी अभाव बारे मृतकका परिवारले शव पखाल्न समस्या भएको बताएपछि आज बिहान इजलासले समाचार प्रकाशित गरेको थियो ।

कनकाइ माइमा व्यवस्थित घाट बनाइए पनि घाट समितिले पानीको अभाव हुँदा भइरहेको थियो । पानीको समस्या समाधानमा चासो नदिएको भनेपछी घाटका अध्यक्ष प्रभाकर कडारियाको आलोचना भएको थियो ।

बिहानको अवस्था

कनकाइ नहरले नदिको पानी सिचाइका लागि निकाशी गर्न थालेपछी घाट तिर आउने पानी सुक्न थलेको थियो ।

घाट समितिका अध्यक्ष प्रभाकर कडरियाले आजै दिउसो पानी खोलिएको जानकारी दिए । पानी आयो कडरियाले भने- अब शव पखाल्न सुबिधा हुनेछ ।

पानी नहुदा शव पखाल्न मोटरको प्रयोग गरिदै आएको थियो । मृतक परिवारले मोटरको पानीले शव पखाल्न असजिलो भएको बताए पछि पानीको लागि समितिले एक्सन लिएको छ ।

शेयर गर्नुहोस :

0
Shares