मुख्य समाचार

हल्दिवारीको बाघ डाँडामा बाघकै शालिक

हल्दिवारीको बाघ डाँडामा बाघकै शालिक


बिर्तामोड । झापाको हल्दिवारी – ३ मा बाघको शालिक निर्माण गरिएको छ । वडा नं. ३ र गाउँपालिकाले बाघ डाँडाको रुपमा चिनिएको ठाउँमा उक्त शालिक सहित २ वटा हावा घर समेत निर्माण गरेको छ ।


०१४÷०१५ सालमा सो क्षेत्र आसपासमा चारकोसे जंङ्गलका बाघले मान्छे खाएको घटना छ । अत्याधिक रुपमा बाघले दुःख दिने गरेको कारण ठाउँको नाम नै बाघ डाँडा भनिएको हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।


लोप हुँदै गएको ठाउँको नामलाई बाघको शालिक बनाई ठाउँको पहिचान स्थापित गरिएको गिरीको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares