टिप्पणी
दिनेश घिमिरे
ग्रीक दार्शनिक एरिस्टोटलले भनेका छन् ‘कानुनको शासन कुनै पनि व्यक्तिको शासनभन्दा राम्रो हुन्छ ।’ एरिस्टिटोटलले भनेझै कुनै व्यक्तिको शासन भन्दा कानुनको शासन सबैभन्दा राम्रो हो ।

यत्तिखेर पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अर्का पत्रकार रवि लामिछाने मुछिएका छन् । पुडासैनीलाई मर्नको लागि दुरुसाहन गरेको आरोप रवी र उनको समूलाई लागेसँगै यस विषयमा अनुसन्धान भइरहेको छ ।
लामोसमयसम्म सँगै काम गरेका दुई पत्रकारहरु मध्ये एकको मृत्यू हुनु र मृत्यू अघि उनले आफूलाई आत्महत्या गर्नका लागि बाध्य बनाउने व्यक्तिबारे भिडियो रेर्कड गरी प्रमाण छोड्नुको वास्तविकताको विषयमा प्रहरीले आरोपितहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
पत्रकार रवि लामिछानेलाई अनुसनधानका लागि प्रहरीले नियन्त्रणमा लिएसँगै उनका प्रंशकहरु प्रहरी कार्यलय र अदालत परिसरमा नारावाजीमा उत्र्रिएका छन् ।
पत्रकार रवि लामिछाने स्वंयमले नैे आफू माथि लागेका आरोप पुष्टि गर्न र आरोपबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका थिए । उनले आफू माथि लागेका आरोपहरु प्रमाणित भए जिन्दगीमा टेलिभिजनमा अनुहार नदेखाउने बताउँदै आफूलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्न प्रहरलिाई नै आग्रह गरेका थिए ।
रवि लामिछानेमाथि लागेको आरोप सही हो या गलत हो भन्ने कुरा सर्वत्र चासो भइरहेका बेला प्रहरीले यस विषयमा निश्पक्ष अनुसन्धान गर्नुपर्छ । प्रहरीलाई पनि निश्पक्ष छानबिन गर्ने वातावरण हुनैपर्छ ।
निश्पक्ष छानबिनबाट आरोप प्रमाणित भए सजाय र अप्रमाणित भए रिहा गरी लागेका आरोपको खण्डन गर्नु जरुरी पनि छ । कानूनमा कोही कसैलाई पक्षपात गर्न पाईन्न । मृतकमाथि अपराध गरिएको भए अपराध अनुशारको सजाय र आरोप झुटा ठहरीए आरोपितलाई सम्मानका साथ जीवनयापन गर्ने वातावरण गरिनुपर्दछ ।
समाजमा अमनचयन शान्ती सु–व्यवस्था एवं राज्यमा निष्पक्ष न्याय प्रणाली स्थापनाका लागि राज्यको प्रभुसत्ता सम्पन्न ब्यक्ती समुह वा राज्यले नै बहुसंख्यक जनता को हितमा बनाइने नियम वा सिद्धान्तहरुको सभ्य सार्थक अभिब्यक्तीलाई कानुन भनिन्छ । कानुनका दृष्टिमा कोही ठूलो र कोही सानो हुँदैन । आज रवी लामिछाने पक्राउ परेको विरोधमा अनावश्यक होहल्ला मचाउनु भनेको कानूनी राज्यको खिल्ली उडाउनु हो । यत्तिखेर लामिछाने माथि आरोप लागेको छ यसको निश्पक्ष छानबिन गर्न जरुरी छ । अदालतबाट फैसल्ला नभई कोही पनि व्यक्ति अपराधी हुने होइन । कोही कसैलाई नियन्त्रणमा लिंदैमा निर्दोष हो भन्दै कोकोहोलो गर्न आवश्यक छैन । को निर्दोष हो को दोषी हो भनी प्रमाणित गर्ने निकाय अदालत हो ।
संसारमा राज्यसत्ता वा ठूलो पहूँचमा भएका व्यक्तिले अपराध गरे तत्काल पक्राउ गर्ने, थुन्ने र फाँसी समेतका सजायहरु हुने गर्दछन् । त्यहा अदालतभन्दा माथि कोही पनि हुँदैन तर नेपालमा हल्का नाम चल्नासाथ उ बारे बोल्न, लेख्न र अनुसन्धान समेत गर्न पाइदैन भन्दै उरेन्ठेउलो तर्क गरिन्छ ।
रवि लामिछानेको ठाउँमा यही अरोप कुनै गाउतिरको लठुवा वा शहर तिरको कोहि नभएको तोरिलाउरेलाई लाग्ने हो भने आज यो भिड मृतक शालिकराम कै पक्षमा देखिन्थ्यो । मर्नेले नाम पोले पछि यतिखेर कुनै कारबाही हुदैछैन बरु के भएको हो जाचपड्ताल हुदैछ । अरु कसैको नाम यसरी आएको भए यही भिड उस्ले निदोर्षीताको लागि मौकै नदिई अपराधि करार गरेर मर्न बाध्य पारिसक्थ्यो होला ।
रबि लामिछानेलाई छानबिन नै गर्न हुँदैन भन्नेहरुको बिरोध गरौं । छानबिनमा सघाऊ । वास्तविकता पत्ता लाग्ने समयसम्म कुरौं । अनुसन्धानको लागि जस जसले अबरोध गर्छ तिनीहरु पनि कानुनका नजरमा दोषि हुन् । अनुसन्धानलाई प्रभावित पार्ने गरी प्रदर्शन गर्ने भेडाहरुबाट जोगियौं । कानून अनुशार छानिबिन गर्न दिऔं कोही कसेको अन्धभक्त नबनौं ।







प्रतिक्रिया