बैशाख १०, २०८२ बुधबार

अझै १५ वर्ष बाँच्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै १५ वर्ष केही नहुने बताएका छन् । गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले मरिहालोस् भने पनि अझै १५ वर्ष बाँच्ने बताएका हुन् ।

आफू भोलि सिंगापुर जान लागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’’

उनले आफू अहिले होइन १५ वर्ष अगाडि विरामी भएको बताउँदै भने, १५ वर्ष अगाडि बिमारी थिएँ, बिमारी त्यतिबेला थिएँ, अब १५ वर्ष अखडामा सामेल छु । बाँकी १५ वर्षचाँहि अखडामा हुन्छु म। त्यसकारण पूजा अर्चना कतै गरेर हुन्छ भने गर्न दिने मेरो बिचार छ । भोली सिंगापुर जाँदैछु । केही दिन लाग्छ। संविधान दिवश(राष्ट्रिय दिवश भन्दा अगाडी आइपुग्छु। मलाई १५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरले।’’

प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार  ३ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]