कृषि उधोग स्थापना गर्न व्यवसायीलाई आग्रह
बिर्तामोड । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समृद्ध नेपाल निर्माणका लागि कृषि उधोग आवश्यक रहेको बताएका छन् । उनले कृषि उधोगका लागि नेपालमै कच्चा पदार्थ पाइने भएकाले यस्ता उधोग सञ्चालन गर्न उधोगी व्यवसायीलाई आग्रह गरेका छन् ।

सोमवार बिर्तामोडमा आयोजना गरिएको उधोग तथा व्यवसायिक क्षेत्रमा भएका समस्या र सन्दर्भ विषयक कार्यक्रममा उनले देशको विकासका लागि कृषि उधोग आवश्यक रहेको बताएका हुन् । नेपाल कृषि प्रणालीमा अझै पछि रहेको भन्दै पूर्व मन्त्री पाण्डेले कृषिमा आधुनिकिकरण गरेर मात्रै देशको विकास हुने स्पष्ट पारे । अहिलेसम्मको कृषि प्रणाली चित्त बुझाउने गरीको समेत नरहेको उल्लेख गरेका छन् । सरकारले कृषि क्षेत्रको विकास गर्न योजनाबद्ध कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
मुलुकमा उधोग व्यवसायीले चाहे जस्तो वातावरण नभए पनि वातावरण तयार गर्नका लागि सरकार लागेको पाण्डेको भनाई छ । उधोग क्षेत्रको लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउँदै नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका पाण्डेले देश चल्ने गरी उधोग व्यवसाय गर्नुपर्ने बताएका छन् । सरकार हरेक वर्ष ऋणमा परिरहेको भन्दै उनले खर्च कम गरेर राज्यलाई मजबुद बनाउनु पर्ने धारणा राखेका छन् । मुलुक अझै आत्मनिर्भर बन्न नसकेको औल्याउँदै उनले भने – विषयगत रुपमा क्षेत्र छुट्याएर काम गनुपर्छ । केहि वर्ष निश्चित योजना बनाएर काम गरौं, निश्चित काम गरौं – पाण्डेले भने ।
राज्यलाई आत्मनिर्भर बनाउनका लागि सरकारले देशको विभिन्न ठाउँमा केहि उधोग समेत सञ्चालन गर्नुपर्ने उनको भनाई छ । त्यसमा व्यवसायीको सहयोग हुनुपर्ने बताएका थिए । व्यवसायीलाई सहजै ऋणको व्यवस्था र सरकारको तर्फबाट अनुदानको व्यवस्था गरेर उधोगीलाई प्रोत्साहन गर्नुपर्ने पाण्डेको तर्क छ । नेपालमा व्यवसायी पनि नेता भएकाले उधोग क्षेत्र फस्टाउन नसकेको टिप्पण्ी गरेका छन् । नेता पाण्डेले नेपालीले समयको महत्व नबुझेका कारण राज्यलाई नै नोक्सान भइरहेको विचार व्यक्त गरेका छन् । उनले धनी बन्नका लागि समयको ख्याल गर्दै उत्पादनलाई जोड दिनुपर्ने बताए । उनले कर तिर्न नहिच्किचाउन समेत आग्रह गरेका छन् । कर बिना देश चल्दैन, सबैले कर तिरौं–पाण्डेले थपे ।
कार्यक्रममा झापाका व्यवसायी बुद्धि घिमिरेले भीसीटीयस लागु गर्ने कार्यक्रम राम्रो भएपनि आक्रामक बन्न नहुने बताएका थिए । उनले कालोबजारी रोक्न सरकारले गरेको नयाँ प्रविधियुक्त काम राम्रो भए पनि विस्तारै लागु गर्न सूझाव दिए । व्यवसायी घिमिरेले साना उधोगका लागि भीसीटीयस जटिल भएको बताए । सामाजिक सुरक्षा कोषले नयाँ उधोग मारमा परको जानकारी दिएका छन् । सिमेन्ट र चाउचाउ उधोग सञ्चालन गरिरहेका घिमिरेले नेपालमा उत्पादन भइरहेको बस्तुलाई यहि उत्पादन बढाएर आयात रोक्न सरकारलाई आग्रह समेत गरेका छन् ।
यस्तै, अर्का व्यवसायी ओम विमलीले कृषि उधोग, पर्यटनमा विशेष चासो दिन आग्रह गरेका छन् । उनले मुलुकको अर्थतन्त्रका लागि विजुली उत्पादन बृद्धि गरेर बिक्री गर्न सके ठुलो आम्दानी स्रोत हुने सूझाव दिए । उधोग क्षेत्रको सुरक्षाका लागि सरकारले व्यवस्थापन गरेर नेपाली उधोगीलाई प्रोत्साहन दिनुपर्ने उनको तर्क थियो ।
कार्यक्रममा सांसद एलपी साँवा सहित विभिन्न क्षेत्रका उधोगी व्यवसायीले आफ्नो भनाई राखेका थिए ।