सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाईदै
इटहरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ ।

सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखीचौक देखि सडकको दायाँ वाँया साढे वयासी फिट सफा गर्न सुरु गरिएको हो । एक साता सम्ममा रामधुनी नगरपालिकाको सिमासम्म क्लियर गरि सक्ने उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो ।

सात दिन सम्म आफै हटाउन अनुरोध गर्दा पनि नहटाए पछि उपमहानगरले हटाउन थालेको हो । रामधुनी नगरपालिकाको सिमा सम्म सडक सफा गरि सकेपछि अर्को एक हप्ता पचरुखी पूर्व वुढिखोला सम्म पून अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाइने मेयर चौधरीले जानकारी दिनुभयो ।

गत बर्ष भदौमा वुढिखोला देखि पचरुखी सम्म सफाई गरिएको थियो । यसबर्ष सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले सम्वन्धित विपयगत कार्यालय र सवै सरोकारवाला पक्ष सँग छलफल गरेको थियो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो । कार्यक्रममा सडकडिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योगवाणिज्य संघ,जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।