सहुलियत पसल : खसीबोकामा १० रुपैयाँ छुट
दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउँदैछ ।

काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल कात्तिक १६ गतेसम्म चल्नेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी)ले सहुलियतमा सामान उपलब्ध गराउने छन् ।
काठमाण्डौमा कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन हुनेछ । उपत्यका बाहिरका जिल्लामा नेपाल खाद्य संस्थान र साल्ट्र टेडिङ कर्पोरेसनको कार्यालयबाट सुपथ मूल्यमा दैनिक उपभोग्यका सामान वितरण गरिने वाणिज्य विभागले जनाएको छ ।
काठमाण्डौ उपत्यकाबाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हेटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवटलमा गरी ११ ठाउँमा बिक्री कक्ष राख्ने तयारी छ ।
कुन सामानमा कति छुट ?
नुन प्रतिकेजी–२ रुपैयाँ
चिनी प्रतिकेजी–५ रुपैयाँ
चामल मोटा प्रतिकेजी–५ रुपैयाँ
मसिना चामल–१० रुपैयाँ
घ्यू प्रतिकेजी–५० रुपैयाँ
गेडागुडी प्रतिकेजी–१० रुपैयाँ
खसीबोका प्रतिकेजी–१० रुपैयाँ
उज्यालोबाट