बैशाख १०, २०८२ बुधबार

झापा चेम्बरको अध्यक्षमा विमली , महासचिवमा खरेल

बिर्तामोड । चेम्बर अफ कमर्श झापाको प्रथम अधिवेशनले ओमकृष्ण विमलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सोमवार बिर्तामोडमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुवास भट्टराईलाई चयन गरेको छ भने उद्योग उपाध्यक्षमा दिपेन्द्र राउत र वाणिज्य उपाध्यक्षमा यामनाथ बिमलीलाई जिम्मेवारी दिएको छ ।

शिवकुमार अग्रवालको नेतृत्वमा बनाइएको निर्वाचन समितिले सर्वसम्मतिको प्रक्रियाबाट महासचिवमा प्रदिप खरेल, कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्ता, वाणिज्य सचिवमा विरोध सुवेदी र उद्योग सचिवमा प्रेमा भट्टराईलाई चयन गरेको छ ।

अधिवेशनले चेम्बरको झापा जिल्ला सदस्यहरुमा विष्णुप्रसाद आचार्य, शिला ढकाल, गणेश पाठक (सुवोध), टंकप्रसाद भट्टराई, लक्ष्मी बस्नेत, मनोजकुमार अग्रवाल, अर्जुन चुँडाल, धरणी पोखरेल, लिला चिमरिया र कृष्ण राजभण्डारीलाई चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति पवित्रा निरौला खरेलको गरेकी थिइन् ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]