एक अर्ब ९८ करोड ७२ लाख रुपैंयाँको स्याउ आयात
काठमाडौं । पछिल्ला तीन महिनामा तिहार लक्षित पाँच अर्ब ९ करोड रुपैंयाँको सामग्री आयात भएको छ ।

सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत बस्तुको आयात भएको भन्सार विभागको तथ्याकं छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो एक अर्ब ३४ करोड रुपैंयाँले बढी हो ।
गत आर्थिक बर्षको पहिलो ३ महिनामा ३ अर्ब ७५ करोड रुपैंयाँको तिहार सामाग्री आयात भएको थियो । ती सामाग्री, भारत, चीन, थाइल्याण्ड, अमेरिका, क्यानाडालगायतबाट आयात भएको विभागले जनाएको छ ।
सबैभन्दा बढी स्याउको आयात भएको छ । तीन महिनाको अवधीमा एक अर्ब ९८ करोड ७२ लाख रुपैंयाँको स्याउ आयात भएको छ । अघिल्लो बर्षको तिहारमा एक अर्ब ७२ करोड रुपैंयाँको स्याउ आयात भएको तथ्यांकमा छ ।