बैशाख ९, २०८२ मंगलबार

काँकरभिट्टामा पनि हिकोला हेरिटेजको सेवा

बिर्तामोड । होटल हिकोला हेरिटेज बिर्तामोडले पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर नेपालको पूर्वीद्धार काँकरभिट्टामा सुविधा सम्पन्न होटल संचालनमा ल्याएको छ । पाँच वर्षपछि आफ्नो शाखा काँकरभिट्टामा स्थापना गरेको हो ।

नेपालको पूर्वी सिमाद्धार पर्यटन आगमनको मुख्य क्षेत्रमा हिकोलाले माघ २६ गतेबाट आफ्नो औपचारिक सेवा शुरु गर्ने भएको छ । होटल परिसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा होटलका सञ्चालक देविभक्त श्रेष्ठले सो जानकारी दिए ।

होटलको उद्घाटन् प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । कार्यक्रममा सिक्मिकका मुख्यमन्त्री पीएस गोलेको बिशेष आतिथ्यता रहने बताइएको छ ।
होटलमा पर्यटकका लागि विशेष सुविधासँगै स्ट्यान्डर्ड डिलक्स, रोयल स्वीट गरी २१ वटा रुमहरु रहेका छन् । ४ सय जनाको क्षमता सहितको २ वटा सभाहलको समेत ब्यवस्था गरिएको बताइएको छ । जसमा एयर कण्डिसन जडित मिनी बारसहितका रुम र आधुनिक किचन, रेष्टुरेन्टसहित बार छन् ।

उद्घाटन् कायक्रममा राष्ट्रिय स्तरका कलाकारहरु नवराज पराजुली, टिका प्रसाई, वक्ता रमेश प्रसाई लगायतले प्रस्तुति दिनेछन् । जसमा साहित्य चौतारी झापाले तीन दिवसीय पर्यटन प्रवद्र्धनमा साहित्य, संगीत र कलाको भूमिका विषयक गोष्ठि समेत गरिने जानकारी दिइएको छ । १५ दिनसम्म बहुभाषिक, बहुसांस्कृतिक सहित अन्य मनोरन्जनात्मक सन्ध्याकालिन सांगीतिक कार्यक्रम गरिने श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमानाथ पोर्तेल, साहित्यकार टंक विकल्प लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : माघ १८, २०७६ शनिबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]