आर्थिक

‘भारतले नेपाली चियामा रोक लगाएको छैन’

‘भारतले नेपाली चियामा रोक लगाएको छैन’


काठमाण्डौ – भन्सार विभागले भारतले नेपाली चियाको आयातमा रोक नलगाएको जनाएको छ ।

विभागका महानिर्देशक सुमन दाहालले केही सञ्चारमाध्यममा भारतले चिया आयातमा रोक लगाएको कुरा हल्ला मात्रै भएको जनाउनुभएको छ । उहाँले सोमबार मात्रै १२ हजार किलो चिया नेपालबाट भारततर्फ निकासी भएको जानकारी दिनुभएको छ ।

मेची भन्सार भने एकतर्फी रुपमा मात्रै खुलेका कारण कुनै पनि वस्तुको निकासी नभएको उहाँको भनाइ छ ।

शेयर गर्नुहोस :

0
Shares