मुख्य समाचार

पत्रकार दवाडीलाई पत्नी शोक

पत्रकार दवाडीलाई पत्नी शोक


बिर्तामोड । झापाका अग्रज पत्रकार छविलाल दवाडीलाई पत्नी शोक परेको छ । शिवसताक्षी–११ निवासी ५९ वर्षीया अनिता दवाडीको आज दिउँसो असामयिक निधन भएको हो ।

घरमै काम गरिरहेको अवस्थामा अकास्मात लढेपछि दवाडीलाई उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकले दवाडीको निधन भएको बताएका थिए । उनको भोली बुधबार १० बजे कनकाई माईमा दाहसंस्कार गरिने स्थानीय पत्रकार सरोज भट्टराईले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares