मुख्य समाचार

एनपिएलमा पोखरा र सुदूरपश्चिम भिड्दै

एनपिएलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौँ, ७ कात्तिकः व्यवस्थित बनाइएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान ड्रोन भ्यूमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि तयार पारिएको मैदान र व्यवस्थित प्यारापिट । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौं, ११ कार्तिक  । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एक खेल हुँदैछ।

आजको खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ।

तेस्रो संस्करणको लिगको उद्घाटन खेलमा ७ विकेटको लज्जास्पद पराजय भोगेको सुदूरपश्चिम आफ्नो दोस्रो खेलमा पोखरासँग भिड्न मैदानमा उत्रिनेछ।

शेयर गर्नुहोस :

81
Shares