बिर्तामोड

भागरथी बलात्कार र हत्यामा संलग्न एक जना पक्राउ

भागरथी बलात्कार र हत्यामा संलग्न एक जना पक्राउ


काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरको महेन्द्रनगरबाट एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरी बैतडी प्रहरीको जिम्मा लगाएको कञ्चनपुर प्रहरी स्रोतले जनाएको छ । यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी दिएको छैन । 

पक्राउ परेका पुरुष सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् भने उनको घर दोगडाकेदार गाउँपालिका नै रहेको बुझिएको छ । उनी नै दोषी हुन सक्छन् भन्‍ने केही तथ्यहरू प्राप्त भएको प्रहरीको दाबी छ । थप अनुसन्धान गरेर हत्यामा संलग्‍नलाई छिट्टै नै सार्वजनिक गर्ने प्रहरीको तयारी छ । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares