बिर्तामोड

‘कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन’

‘कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन’


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उदघाटन गरेकी छन् ।

मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उदघाटन गरेकी हुन् । कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिइन् । उनले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गरिन् । ‘कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन,’ उनले भनिन् ।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहो¥याउँदै स्थानीय तहसँग मिलेर काम गर्न आग्रह गरेकी छन् । आयोगमा मालपोत र नापीका प्रमुखहरु पनि जिल्ला समितिमा रहनेछन् ।

आयोगको काममा जनप्रतिनिधिहरुसमेत जोडिएकाले उनीहरुलाई ऐनअनुसार जिम्मेवार भएर काम गर्न अपिल गरेकी छन् ।

शेयर गर्नुहोस :

0
Shares