बिर्तामोड

भागरथीको हत्या सहपाठीबाट, आज सार्वजनिक गरिंदै

भागरथीको हत्या सहपाठीबाट, आज सार्वजनिक गरिंदै


कैलाली । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा उनकै सहपाठीको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ ।

भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयकाे कक्षा ११ मा अध्ययनरत युवकले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

आज पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । उनले प्रहरीसमक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको वयान दिएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । त्यसको भोलिपल्ट साँझ मात्र उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।

क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमाेर्टमपछि बलात्कार र हत्या गरिएको पुष्टि भएको थियो । यो प्रकरणले राष्ट्रिय रुप लिएसँगै प्रहरीको ठूलो टोलीले अनुसन्धान गरिरहेको थियो ।

सुदूरपश्चिमकै अर्की किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष हुनलाग्दासमेत दोषी पहिचान गर्न नसकेर आलोचित प्रहरीलाई यस प्रकरणमा आरोपीले हत्या स्वीकार गरेपछि ठूलो राहत भएको छ । NepalPress

शेयर गर्नुहोस :

0
Shares