बैतडी । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार गरेपछि हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आज हत्यामा संलग्न भएकाे अाशंकामा दिनेश भट्टलाई सार्वजनिक गरेको हो । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा बीभत्स अवस्थामा फेला परेकी थिइन् ।
भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो । बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको थियो । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा ११ कक्षामा अध्ययनरत रहेकी थिइन् ।







प्रतिक्रिया