बिर्तामोड

अघिल्लो समितिले प्रतिवद्धता पुरा गरेन : मैनाली

अघिल्लो समितिले प्रतिवद्धता पुरा गरेन : मैनाली


बिर्तामोड । झापाका स्थापित व्यवसायी अर्जुन मैनालीले वाणिज्य संघलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन् । उनले यसअघिका नेतृत्वले संघमा बसेर राजनीति गरेकै कारण व्यवसायीको पक्षमा काम हुन नसकेको बताए ।

बिहीवार महासचिव पद्मा उम्मेद्वारी दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिदैं, मैनालीले भने – ‘अघिल्लो समितिले गरेका प्रतिवद्धतालाई खोजेर हेर्न म सम्पूर्ण व्यवसायीलाई हार्दिक अनुरोध गर्न चहान्छु । कति प्रतिवद्धता पुरा भएका छन् , आफै थाहा पाउनुहुनेछ । ’ मैनालीले बिर्तामोडमा व्यवसायीको पक्षमा काम हुन नसकेकाले आफुले उम्मेद्वारी दर्ता गरेको बताए ।

दर्जनौ व्यवसायमा व्यस्त हुदाहुदै संघमा आएको छु, मैनाली भन्छन्, – वाणिज्य संघले व्यवसायीको पक्षमा काम गर्न नसकेकाले उम्मेद्वारी दिएको छु । उनले संयुक्त व्यवसायिक प्यानललाई मतदान गरेर काम गर्ने अवसर प्रदान गर्न मतदातासँग आग्रह गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares