काठमाडौं । सरकारले भारतबाट खरिद गरेको दश लाख डोज खोप काठमाडौं आइपुगेको छ । नेपाल आइपुगेको खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्रा जेनेकाले विकास गरेको हो भने भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको छ ।

सरकारले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिमको पहिलो खेप आइतबार काठमाडौं आइपुगेको हो । यसअघि भारतले अनुदानमा उपलब्ध गराएको दश लाख डोज खोप समेत सिरम इन्स्टिच्युटकै उत्पादन ‘कोभिशिल्ड’ हो ।







प्रतिक्रिया