काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गर्ने बताएका छन् ।
सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन परमादेश जारी गरेको केही समय पछि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस ट्विट गर्दै थापाले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको तर मान्नुपर्छ भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने बताएका छन् ।
उनले सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने बताए पनि यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने र यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि नहुने ठोकुवा गरेका छन् ।
‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ ।’ थापाले लेखेका छन् ‘यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरु अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’







प्रतिक्रिया