Banner news

प्रेस काउन्सिको सदस्यमा झापाका अग्रज पत्रकार पोखरेल नियुक्त

प्रेस काउन्सिको सदस्यमा झापाका अग्रज पत्रकार पोखरेल नियुक्त


विर्तामोड । झापाका अग्रज पत्रकार गणेश पोखरेल प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् ।सञ्चार मन्त्रालयले काउन्सिलको सदस्यमा नियुक्त गरेको हो । उनी प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक हुन् ।

पोखरेलसँगै दोलखाका चिरञ्जीवी मास्के, दाङका सरद अधिकारी , कञ्चनपुरका हरि जोशी काउन्सिलको सदस्यमा नियुक्त भएका हुन् । नियुक्त भएका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम शुक्रवार विहान आयोजना गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares