विर्तामोड । फागुन १६ गते हुने बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचनमा ‘फेक’ मतको जोखिम बढेको छ । यसअघिका निर्वाचनमा ‘फेक’ मतले निर्वाचनको परिणाम नै उल्टाएको बिर्तामोडका व्यवसायी बताउँछन् ।
आइतवार हुने निर्वाचनमा मत हाल्नका लागि चाहिने कार्ड अझैसम्म व्यवसायीको हातमा नपुगेपछि जोखिम बढेको केहि उम्मेद्वार बताउँछन् । संयुक्त प्यानलका एक उम्मेद्वारले भने, अहिले पनि मतदाताको हातसम्म कार्ड पुगेको छैन, वाणिज्य संघले ठुलो षडयन्त्र गरिरहेको छ । उनका अनुसार सबैका कार्ड आफै बोक्ने र आफ्नै मान्छे पठाएर आफैलाई मत हाल्न लगाउन सक्ने जोखिम बढेको छ ।
स्वच्छ निर्वाचनका लागि मतदाताले आफ्नो मत आफै हाल्न पाउनुपर्छ, ती उम्मेद्वार भन्छन् – ‘मतदानमा धाँदली हुन सक्ने भएकाले बेलैमा सबैलाई सचेत हुन भनिएको छ ।’ विगतमा जस्तो अरुको कार्ड राखेर आफै भोट हाल्ने प्रवृति अन्त्य हुनुपर्छ, उनले थपे ।
वाणिज्य संघले करिव १ हजार कार्ड व्यवसायीको हातसम्म पुग्न नदिएको दावी गरे ।







प्रतिक्रिया