Banner news

वाणिज्य संघको निर्वाचन : सुरक्षाका लागि सीसी क्यामेरा जडान, कार्ड रुजु गर्न सफ्टवेयर प्रयोग

वाणिज्य संघको निर्वाचन : सुरक्षाका लागि सीसी क्यामेरा जडान, कार्ड रुजु गर्न सफ्टवेयर प्रयोग


विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको निर्वाचन सुरक्षाका लागि सीसी क्यामेरा प्रयोग गरिने भएको छ । निर्वाचन समितिले पत्रकार सम्मेलन गर्दै मतदान र गणनामा सीसी क्यामेरा प्रयोग गर्ने जानकारी दिएको छ । निर्वाचन तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आइतवार हुने मतदान स्वच्छ र मर्यादित बनाउने बताइएको छ ।

संघको १९ सदस्यीय कार्यसमितिमा ३९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसमध्ये आवश्यक प्रक्रिया नपुगेको ४ जनाको उम्मेद्वारी रद्द गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शेखर प्रसाद ढकालले जानकारी दिए । १ जना जनसम्पर्क उपाध्यक्ष , २ खुल्ला सदस्य र १ महिला सदस्यको उम्मेद्वारी रद्द गरिएको ढकालले जानकारी दिए । संघमा ११ जना पूर्व अध्यक्ष सहित ४५ सय ५० जना मतदाता रहेको बताइएको छ ।

यस्तै, फेक मतदाता रोक्नका लागि मतदातालाई सरकारी परिचय पत्र अनिवार्य गरिएको छ । शनिवार निर्वाचन समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य संघले दिएको कार्डको सिरियल नम्बर र पान नम्बर हालेर सफ्टवेयर मार्फत जाँच गरेर मात्रै मतदान गर्न दिने जानकारी दिइएको छ । एक पटक मत हालेपछि दोस्रो पटक त्यहि कार्डबाट मतदान गर्न नमिल्ने सफ्टवेयर बनाइएको समितिले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares