Banner news

निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित

निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित


काठमाडौं- प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको पैसलासँगै निर्वाचनका सबै कार्यक्रम स्थगित भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित भएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्णय गर्न बाँकी छ, निर्णय भएसँगै स्थगित भएको सूचना जारी गर्छौँ ।’

यसअघि आयोगले कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने भन्दै तालिकासमेत प्रकाशन गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares