Banner news

बिर्तामोड खानेपानीको विधान संशोधित

बिर्तामोड खानेपानीको विधान संशोधित


बिर्तामोड । बिर्तामोड खानेपानीको विधान संशोधन भएको छ । आज सम्पन्न बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपधोक्ता संस्थाको २० औं साधारणसभाले विधान संशोधन गर्ने निर्णग गरेको हो ।

बिर्तामोड खानेपानीमा अध्यक्ष बन्नका लागि एक कार्यकाल अनिवार्य कार्यसमितिमा रहनुपर्ने बाध्यकारी व्यवस्थाको विरोध हुदै आएको थियो । साधारणसभाले अध्यक्षमा निर्वाचित हुन एक कार्यकाल कार्यसमितिमा रहनुपर्ने बाध्यकारी व्यवस्था हटाउने भएको छ । यस्तै, अध्यक्ष दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि विधान संशोधन हटाइएको छ । उपभोक्ताले चाहेमा जोसुकै उपभोक्ता निर्वाचित गर्न सक्ने गरि साधारणसभाले निर्णय गरेको छ ।

सार्वजनिक संस्थामा केहि व्यक्तिहरुले बनाएको आफु अनुकुल विधान समयसापेक्ष संशोधन हुनुपर्ने सदस्यहरुको माग थियो । सोही माग अुनसार प्रस्ताव गरिएको संशोधन पारित भएको अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । उनका अनुसार सदस्यहरुको माग जायज थियो । गुरुङले भने, ‘सामाजिक क्षेत्रमा वर्षौदेखि योगदान गरिरहेको व्यक्ति खानेपानीमा सेवा गर्न इच्छुक हुँदा एक कार्यकाल सदस्यमा बस्नु भन्न उपयुक्त थिएन । खानेपानी जस्तो संवेदनशिल क्षेत्रको सेवामा इच्छुक जो कोहीलाई विधानले बाटो सहज बनाउनैपर्छ ।’

विधान संशोधन हुने भएपछि कतिपयले खानेपानीमा पनि लोकतन्त्रको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।
अब जिल्ला प्रशासन कार्यालयबाट विधान स्वीकृत गराउनुपर्ने कानुनी व्यवस्था छ ।

शेयर गर्नुहोस :

0
Shares