बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका झापा बिर्तामोड–१ का निराकर पाण्डेको शव बुधबारभित्र नेपाल ल्याउने गरि तयारी भएको छ । सरकारले आफ्नै अगुवाई पाण्डेको शव नेपाल ल्याउन लागेको हो ।
मन्त्रिपरिषदले पाण्डेको शव ल्याउन सम्पूर्ण खर्च समेत व्यहोर्ने निर्णय गरिसकेको छ । सरकार आफैले उनको शव ल्याउन आवश्यक प्रक्रियाअघि बढाएको पाण्डे परिवारले जनाएको छ ।
मृतक पाण्डेको परिवारले सोमवारदेखि बुधबारभित्र निराकरको शव नेपाल आइपुग्ने विश्वास गरेका छन् । शनिवार नेपालमा विदा, आइतवार अन्तराष्ट्रिय विदाका कारण बुधबारभित्र शव नेपाल आइपुग्ने विश्वास गरिएको हो ।
निराकर घुमफिरका लागि गत कात्तिक २१ गते थाइल्याण्ड गएका थिए । उनी थाइल्याण्ड नजिकै कम्बोडियाको एक होटलमा बस्ने क्रममा आगलागी हुँदा १२ तलाबाट हाम्फालेका थिए । १२ तलाबाट हाम्फालेका निराकरको ज्यान गएको थियो । उनको शव घटनास्थल नजिकैको एक अस्पतालमा राखिएको बताइएको छ ।







प्रतिक्रिया