बिर्तामोड

बिर्तामोडमा एक नाबालकको रहस्यमय मृत्यु, घोपा पठाइयो

बिर्तामोडमा एक नाबालकको रहस्यमय मृत्यु, घोपा पठाइयो


बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ । थप अनुसन्धानका लागि प्रहरीले पोष्टमार्टमका लागि नावालकको शव धरान घोपा पठाएको छ ।

वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार नावालक रवि मियाका छोरा हुन् । नाबालकका बुबा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ ।

दश दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले जानकारी दिए । आमा सम्पर्क विहीन भएपछि बुबासँगै बस्दै आएका नावालकको आज राती निधन भएको हो । घटनास्थलमा प्रहरी पुग्दा नावालकको घाटीमा कमिला धेरै कमिला देखिएको बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares