बिर्तामोड

झापाका सिरक डसना व्यवसायीहरु संगठित

झापाका सिरक डसना व्यवसायीहरु संगठित


बिर्तामोड । झापाका सिरक डसना व्यवसायीहरु संगठित भएका छन् । हालै सम्पन्न व्यवसायीहरुको भेलाले झापा जिल्ला स्तरीय तदर्थ समिति समेत गठन गरेको छ ।

भेलाले बिर्तामोडका व्यवसायी सम्साद मिया धुनियाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः नसिम आलम, शेख वजिर, मोख्तर आलम र नुर मोहम्मद रहेका छन् ।

यसैगरी सदस्यहरुमा नेक महम्मद, गोपाल शर्मा, शेख मनिर, नाजिर मिया, बकरिद आलम र मो. एजाज अन्सारी रहेका छन् । व्यवसायीको हकहित र व्यवसाय प्रवद्र्धनका लागि संगठित भएको अध्यक्ष सम्सादले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares