Banner news

धरान उत्सवमा प्रधानमन्त्री नजाने

धरान उत्सवमा प्रधानमन्त्री नजाने

k|wfgdGqL …k|r08Ú sf7df8f}F, ^ df3 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú n] cfˆgf] d[To’kZrft cfˆgf] z/L/sf ;Dk”0f{ c+u bfg ug]{ 3f]if0ff ug{‘x’Fb} . z’qmaf/ laxfg k|1f ejg sdnfbLdf ;lxb wd{eQm /fli6«o k|Tof/f]k0f s]G›n] ! xhf/ j6f lduf}{nf k|Tof/f]k0f ;DkGg u/]sf] pknIodf cfof]lht ljz]if sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqLn] pQm 3f]if0ff u/]sf x’g . k|wfgdGqLn] eGg’eof]]— ……d]/f] d[To’kZrft ;Dk”0f{ z/L/ bfg ug]{ 3f]if0ff ub{5’ .Æ tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान उत्सवको उद्घाटनमा उपस्थित नहुने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री धरान उत्सवको उद्घाटनमा उपस्थित भए मात्र उनको तस्बिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए ।

धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथिबिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी हर्कले गरेका छन् ।

धरान स्थापना दिवसको अवसर पारेर सुरु गर्न लागिएको धरान उत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री दाहाललाई निमन्त्रणा गरिएको थियो । प्रधानमन्त्रीले समय उपलब्ध नगराएपछि साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका थिए । प्रधानमन्त्रीले आफूलाई अपमान गरेकाले तस्बिर हटाएको उनले बताउँदै आएका छन् ।

तस्बिर राख्न गएका दलका भ्रातृ सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोकेपछि भएको वार्तामा समेत साम्पाङले प्रधानमन्त्रीलाई बोलाए मात्र तस्बिर राख्ने बताएका थिए ।
धरान उत्सव भने पुस २० गते नै उद्घाटन गरिने छ । सो अवसरमा ¥याली आयोजना गरिने तथा २१ गते साइक्लिङ, साहित्यिक सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

पुस २२ गते वाकथन र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने छ । धरान उत्सवको अवसरमा लोकदोहोरी प्रतियोगिता र लगानी गोष्ठी समेत आयोजना गरिने तयारी भएको छ ।

शेयर गर्नुहोस :

0
Shares