बैशाख ९, २०८२ मंगलबार

बिर्तामोडका १६० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आज १ सय ६० जनालाई कम्बल वितरण गरिएको हो ।

नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो कम्बल वितरण गरिएको नगरको महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले जाडोले ज्येष्ठ नागरिक बढी पीडित हुने भएका कारण कम्बल वितरण गरिएको बताइन् । उनले २०७४ को निर्वाचन पछि नगरका सबै टोलमा पुगेर अनुगमन गर्दा सिरक नभएर अगेनोको छेउमा सुतेर रात विताएको देखेपछि नगरपालिकाले कम्बल वितरण कार्यक्रमको सुरुवात गरेको जानकारी दिइन् ।

यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले गरिवीको रेखामुनि रहेका जेष्ठ नागरिकलाई पुस, माघको जाडो छल्न कम्बल वितरण गरिएको बताए । यसवर्ष छुटेका ज्येष्ठ नागरिकहरुलाई अर्को वर्ष समेट्ने उनले जानकारी दिए । उनले नगरपालिकाले आगामी दिनमा योजना बनाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचमा समेत लाग्ने धारणा राखेका छन् ।

नगरपालिकाले गएका वर्षहरुमा प्रत्येक वडाबाट १०-१० जनाको दरले १ सय जनालाई कम्बल वितरण गर्दै आएको थियो । यस वर्ष यसको संख्या बढेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल लिन आउँदा जाँदा लाग्ने भाडाको समेत व्यवस्था गरेको थियो । वडाको सिफारिसका आधारमा कम्बल वितरण गरिएको सामाजिक विकास अधिकृत डिल्ली दाहालले जानकारी दिए ।

कम्बल वितरण कार्यक्रममा वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वडा नम्बर १ का कार्यवहाक वडाअध्यक्ष योगचन्द्र आङबुहाङ, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, शर्मिला राजवंशी, सिता ढुङ्गाना, जगतबन्धु राजवंशी, संगिता शिवा, वडासदस्यहरु अग्निप्रसाद सिटौला, जिवन बाँस्कोटा, रमा राजवंशी, खडानन्द निरौला, ज्येष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष इश्वरी तिम्सिना लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : पुष २०, २०८० शुक्रबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]