चारपाने चोकमा भयानक दुर्घटना, तीन जनाको अवस्था गम्भीर
बिर्तामोड । झापाको चारपाने चोकमा भर्खरै सवारी दुर्घटना भएको छ । बिर्तामोड ट्राफिकका अनुसार तीन जना घाइते भएका छन् । घाइते भएका २ जनालाई बिर्तासिटी अस्पताल र १ जनलाई विएण्डसी अस्पताल पठाइएको छ ।
दुर्घटनास्थलमा मे ५ प ७२४८ नम्बरको मोटरसाइकल टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ । घाइतेको अवस्था गम्भीर रहेको बुझिएको छ । घाइतेको विवरण आइसकेको छैन । अपडेट