बैशाख १०, २०८२ बुधबार

चारपाने दुर्घटना अपडेट : कनकाईका उप्रेतीको मृत्यू, दुई जनाको अवस्था गम्भीर

बिर्तामोड । आज साँझ चारपाने चोकमा भएको सवारी दुर्घटनामा घाइतेहरुमध्ये एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा कनकाई ८ का ४४ वर्षीय तोयानाथ उप्रेती रहेका छन् ।

घाइते बाह्रदशी ७ का सागर माझी र कनकाई ५ का ५९ वर्षीय रविरत्न सिटौलाको उपचार भइरहेको छ । झापा ट्राफिकका अनुसार उप्रेती र माझीलाई विर्तासिटी र सिटौलालाई विएण्डसी लगिएको थियो । ट्राफिकका अनुसार तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।

ट्राफिक प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ । प्र –०२–००२ ख ०१४९ नम्बरको बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : पुष २१, २०८० शनिबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]