बैशाख १३, २०८२ शनिबार

झापा निर्वाचन क्षेत्र नं. ४ र ५ का पुस्तक व्यवसायी संगठित

बिर्तामोड । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाको दुई निर्वाचन क्षेत्रमा शनिवार एकै दिन दुई वटा इकाई समिति गठन गरिएको छ ।

निर्वाचन क्षेत्र ४ र ५ मा इकाई समिति गठन गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले जनाएको छ । क्षेत्र नम्बर ४ को सुरुङामा र क्षेत्र नम्बर ५ को दमकमा व्यवसायीको भेलाले ईकाई समिति गगठन गरेको हो ।

यसअघि पुस ११ गतेको जिल्ला कार्य समितिको बैठकले झापा ४ मा जिल्ला कार्यसमिति सदस्य समेत रहेका दुर्गाप्रसाद घिमिरे र निर्वाचन क्षेत्र नम्बर ५ मा कार्यसमिति सदस्य समेत रहेका मनकुमार चौलागाईंलाई इकाई संयोजकको जिम्मेवारी दिएको थियो । ईकाई संयोजकलाई नै ईकाई अध्यक्ष पदमा चयन गरेपछि रिक्त अन्य पदलाई पदपुर्ती गरेको नेपाल पुस्तक तथा व्यवसायी महासंघका झापा सचिव चन्द्रमणि घिमिरे (चन्द्र) ले बताए ।

झापा ४ को उपाध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती सुरुङ्गा, सचिवमा सुजन घिमिरे दुधे, कोषाध्यक्षमा सुनिता उप्रेती दुर्गापुर सर्वसम्मत चयन भएका छन् । यस्तै शरणामती गाउँपालिकाबाट टिका पाठक, माईधारकी रोहिता भट्टराईर र मदरगाछबाट भक्तबहादुर कार्की सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

यस्तै ५ नम्बर क्षेत्रमा दमकका राजेन्द्रकुमार भण्डारी उपाध्यक्ष, सचिवमा स्कूलचौनका खेमराज श्रेष्ठ र कोषाध्यक्षमा केर्खाका सोमप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् ।

सो इकाई समितिमा रूपक श्रेष्ठ गौरीगञ्ज, दमकका ज्ञानेन्द्र श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठ दमकबाटै सदस्य पदमा चयन भएका छन् ।

यस्तै क्षेत्र नम्बर ५मा व्यवसायीहरूको भेलाले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका संस्थापक केन्द्रीय सदस्य दुर्गा प्रसाद पौडेल संयोजक रहेको सल्लाहकार समिति पनि गठन गरेको छ । सो समितिमा टिकाराम भण्डारी, ईश्वरीप्रसाद न्यौपाने र रामप्रसाद सिन्जाली सदस्य रहेको सल्लाहकार समिति गठन भएको छ ।

कार्यक्रम नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाका अध्यक्ष विनोद सापकोटा, उपाध्यक्ष खगेन्द्र गौतम र सचिव चन्द्रमणि घिमिरे (चन्द्र)को पनि उपस्थिति थियो । बाँकी रहेका निर्वाचन क्षेत्रमा पनि यसै सातासम्ममा ईकाई समिति गठन भइसक्ने उपाध्यक्ष खगेन्द्र गौतमले बताए ।

प्रकाशित मिति : पुष २१, २०८० शनिबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]